बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
सोमबार, २४ वैशाख २०८१, २२ : ४२

बुटवल । बुटवलमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पाण्डेले बुटवलको होराइजन चोकबाट १३ जनालाई पक्राउ गरिएको बताए ।
उनीहरुको साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको छ। अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आशंकामा प्रहरीले छापा मारेर १३ जना भारतीयलाई पक्राउ गरेको हो ।
पछिल्लो समय बुटवलको कालिकानगर होराइजन चोकस्थित एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउने गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
उनीहरुले के कसरी कारोबार तथा गतिविधि सञ्चालन गरेको वारेमा थप अनुसन्धान जारी रहेको डीएसपी पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने