कोशीको किचलो
आन्तरिक छलफलपछि एमाले–माओवादीले प्रदेश प्रमुखसँग परामर्श गर्दै
बुधबार, २६ वैशाख २०८१, ११ : २५
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङसँग परामर्शमा जुटेका छन् ।
विराटनगरस्थित होटल बिगमा आज बिहान आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लिलाबल्लभ अधिकारी र माओवादी नेताहरू ईन्द्रबहादुर आङ्बो, जीवन आचार्य सहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले–माओवादीको संयुक्त बैठक बसेको थियो ।
एमाले नेता कार्कीले मुख्यमन्त्रीले समयमा विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको आह्वान हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण