सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

शाहिद-करिनाको तारिफ गर्दै इम्तियाजले भने, ‘ब्रेकअपपछि पनि दुवैले व्यावसायिक भएर काम गरे’

बुधबार, २६ वैशाख २०८१, १२ : ४६
बुधबार, २६ वैशाख २०८१

मुम्बई । फिल्म निर्माता इम्तियाज अलीले शाहिद कपुर र करिना कपुरको तारिफ गरेका छन् । एक अन्तर्वार्तामा उनले दुवै एकदमै व्यावसायिक कलाकार भएको र ब्रेकअप भए पनि ‘जब वी मेट’ को सुटिङमा कुनै समस्या आउन नदिने बताएका हुन् । 

यो शाहिद-करिनाको जोडीको रूपमा अन्तिम फिल्म थियो जुन २००७ मा रिलिज भएको थियो। गलता इन्डियालाई दिएको अन्तर्वार्तामा इम्तियाज अलीले भने, ‘फिल्मको अधिकांश निर्माण भइसकेको थियो । त्यसपछि शाहिद र करिनाको ब्रेकअप भएको दुई दिनपछि हामीले सुटिङ गर्नुपर्‍यो। व्यक्तिगत जीवनमा धेरै कुरा चलिरहेको भए पनि उनीहरू दुवैले निकै व्यावसायिक रूपमा सुटिङमा भाग लिएका थिए ।’

इम्तियाजले अन्तर्वार्तामा फिल्मका लागि शाहिद र करिना पहिलो रोजाइ नभएको पनि खुलाए । उनले सुरुमा बबी देओल र प्रिती जिन्टालाई लिएर यो फिल्म बनाउन चाहेका थिए । इम्तियाजले भने, ‘बबी मेरो सबैभन्दा मिल्ने साथी हो । उनीसँग म यो फिल्म बनाउन चाहन्थेँ तर मलाई यो फिल्म बनाउन पाँच वर्ष लाग्यो । त्यही भएर बबी कतै व्यस्त भए, त्यसैले उनीसँग यो फिल्म नगर्ने सोचेँ । त्यसपछि मैले ‘जब वी मेट’ का लागि शाहिदलाई अप्रोच गरेँ। सुरुमा आदित्यको भूमिकामा शाहिद जवान देखिनेछन् भन्ने लागेको थियो, त्यसैले उनलाई अलि परिपक्व देखाउन मैले उनलाई चस्मा लगाइदिएँ र उनको ड्रेसिङमा काम गरें।’

करिनाको कास्टिङको बारेमा इम्तियाजले भने, ‘मैले यस फिल्मका लागि करिनालाई पहिले नै अप्रोच गरेको थिएँ तर काम भएन । पछि उनी फिल्ममा काम गर्न राजी भइन् । त्यो समयमा शाहिद र करिना आफ्नो करियरमा खासै राम्रो चरणमा थिएनन्। तर, हरेक चलचित्र निर्माता र कलाकारको जीवनमा यस्ता समय आइरहन्छन् भन्ने मलाई विश्वास छ ।’
इम्तियाजले थपे, ‘मैले करिनाको अगाडि प्रीति जिन्टालाई ‘जब वी मेट’ अफर गरेको थिएँ तर उनले अस्वीकार गरिन् । जब मैले प्रीतिलाई उनको घरमा स्क्रिप्ट सुनाएँ, उनी धेरै हाँसिन्। मलाई उनले मेरो मजाक बनाइरहेको जस्तो लाग्यो । तर उनले फिल्म एकदमै रमाइलो भएको भनेपछि स्क्रिप्ट सुनाइरहे ।

निर्देशक इम्तियाज अलीको फिल्म ‘जब वी मेट’ (२००७) रिलिज भएको थियो । यो फिल्ममा शाहिद कपुर र करिना कपुर मुख्य भूमिकामा थिए । यस फिल्मका लागि करिना कपूरले सर्वश्रेष्ठ अभिनेत्रीको फिल्मफेयर अवार्ड पाएकी थिइन् । फिल्मको अधिकांश छायाङ्कन हिमाचल प्रदेश र आसपासका क्षेत्रमा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप