बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
बिहीबार, २७ वैशाख २०८१, १३ : ००
बुटवल । बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् । डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागु औषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालक कमलबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले लागु औषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेको बताए ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागु औषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको जानकारी दिए । उनले थप अनुसन्धान सुरु भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण