फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा
काठमाडौँ । इटालियन क्लब एटलान्टा युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी मार्सेलीलाई ३–० गोलले हरायो ।
उक्त नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल भने एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेल सुरु भएको ३०औँ मिनेटमा घरेलु टोली एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरेका थिए ।
सोही गोलका कारण पहिलो हाफमा एटलान्टा अगाडि रह्यो । निर्धारित समयको ५२औँ मिनेटमा एटलान्टाका लागि माटियो रुगेरीले दोस्रो गोल थपेका थिए । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा अल बिलाल टुरेले गरेका थिए । उनी परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए ।
एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग भिडन्त गर्नेछ । बायर लेभरकुजन भने बलियो इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण