गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा
काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबारर न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार उनको इजलासमा उक्त मुद्दा दुई नम्बरमा राखेर पेशी तोकिएको हो ।
यसअघि बिहीबार उक्त मुद्दा मनोज शर्माको इजलासमा परेकामा पूर्वन्यायाधीशको निधन भएको खबरपछि सुनुवाइ स्थगित भएको थियो ।
कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ । गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणा गरेपछि कांग्रेसले अदालतको ढोका ढकढक्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा
-
चीनमा कडा लगानी सुरक्षा नियम लागू
-
पहिलो पटक भिड्दै इंग्ल्याण्ड र डीआर कङ्गो
-
कांग्रेसको निर्वाचन समितिले भन्यो– जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै गर्नू
-
भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण