बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन

बुधबार, १७ असार २०८३, १६ : २५
बुधबार, १७ असार २०८३

सारांश

  • आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन् ।
  • रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नपाएपछि उनीहरू आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् ।
  • सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूमाथि काठमाडौँ महानगर लगायत विभिन्न निकायहरूले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन् ।  रास्वपा सभापति रवि लामिछानेलाई आफ्ना मागका बारेमा जानकारी गराउन पार्टी कार्यालय वनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरूले सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् ।

रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले सुरक्षाकर्मीहरूले सभापतिलाई भेट्न दिने भन्दै झुक्काएको गुनासो गरेका छन् । सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरूमाथि काठमाडौँ महानगर लगायत विभिन्न निकायहरूले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप