भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते
बुधबार, १७ असार २०८३, १६ : २९
काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी व्यक्ति घाइते भएको बताएका छन्।
प्रेस विज्ञप्तिमार्फत रोड्रिग्जले अहिलेसम्म १५ हजारभन्दा बढी प्रभावित व्यक्तिको विवरण दर्ता भएको तथा राहत र उद्धार कार्य सुरु भएयता ६ हजार ४६१ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। उनका अनुसार भूकम्पमा परी हजारौँ व्यक्ति अझै बेपत्ता छन्।
संयुक्त राष्ट्र सङ्घका अनुसार करिब ५० हजार व्यक्ति अझै बेपत्ता छन् र उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण