मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभा बैठक अनिश्चित, प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

शुक्रबार, २८ वैशाख २०८१, १५ : ०८
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अनिश्चित बनेको छ । बैठक अघि तयारीका लागि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । 

सभामुख देवराज घिमिरेले बैठक सुचारु ढंगले अघि बढाउन दलका प्रमुख सचेतकहरूसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल गरिरहेका छन् । 

सचेतकहरुसँगको छलफलबाट निष्कर्ष आएपछि कार्यव्यवस्था समितिको बैठक बसेर संसद् चल्न सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । शुक्रबार बस्ने बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने क्रममा कांग्रेसले मन्त्री लामिछानेलाई बोल्न दिने तर संसदीय छानबिन समिति नबनाएसम्म सदनको काम अगाडि बढाउन नदिने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप