संसद् बैठक
प्रतिनिधिसभा बैठक अनिश्चित, प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
शुक्रबार, २८ वैशाख २०८१, १५ : ०८
काठमाडौँ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अनिश्चित बनेको छ । बैठक अघि तयारीका लागि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।
सभामुख देवराज घिमिरेले बैठक सुचारु ढंगले अघि बढाउन दलका प्रमुख सचेतकहरूसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल गरिरहेका छन् ।
सचेतकहरुसँगको छलफलबाट निष्कर्ष आएपछि कार्यव्यवस्था समितिको बैठक बसेर संसद् चल्न सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । शुक्रबार बस्ने बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने क्रममा कांग्रेसले मन्त्री लामिछानेलाई बोल्न दिने तर संसदीय छानबिन समिति नबनाएसम्म सदनको काम अगाडि बढाउन नदिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण