कांग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध
शुक्रबार, २८ वैशाख २०८१, १८ : १४
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा कांग्रेसका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन् ।
सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अध्यक्ष नारायणप्रसाद दाहालले अनुमति दिन लागेसँगै कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए । संसदमा प्रतिपक्षले उठाएका मुद्दा सरकारले नसुनेको भन्दै कांग्रेसले विरोध जनाएको हो ।
आम नागरिकले जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरुपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले उपप्रधान तथा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण