दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
शनिबार, २९ वैशाख २०८१, १४ : १०
दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटोमा अन्य यात्रु सवार नरहेको प्रहरीको भनाई छ ।
अटो सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण