कपिलवस्तुमा खोलाले बगाउँदा एक जनाको मृत्यु
आइतबार, ३० वैशाख २०८१, १४ : २१
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वार्ड ७ का ४० वर्षीय लौटन थारुको मृत्यु भएको हो ।
दाउरा सङ्कलन गर्ने क्रममा आज कोइली खोलामा आएको बाढीले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ।
उनी खोलामा बाढीले बगाएर ल्याएका दाउरा टिप्न श्रीमानसँगै गएकी थिइन् । स्थानीयका अनुसार उनका श्रीमान् श्रीमती मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए। प्रहरीले मृतकको शव निकालेर पोस्ट माटमका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण