कपिलवस्तुमा खोलाले बगाउँदा एक जनाको मृत्यु
आइतबार, ३० वैशाख २०८१, १४ : २१

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वार्ड ७ का ४० वर्षीय लौटन थारुको मृत्यु भएको हो ।
दाउरा सङ्कलन गर्ने क्रममा आज कोइली खोलामा आएको बाढीले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ।
उनी खोलामा बाढीले बगाएर ल्याएका दाउरा टिप्न श्रीमानसँगै गएकी थिइन् । स्थानीयका अनुसार उनका श्रीमान् श्रीमती मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए। प्रहरीले मृतकको शव निकालेर पोस्ट माटमका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीको आक्रमणबाट ६६ वर्षीय पुरुषको मृत्यु
-
बालुवाटारतर्फ अघि बढ्यो राजावादीको र्याली, त्रिचन्द्र अगाडि धकेला धकेल, तस्बिरहरू
-
कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालन हुन केही समय लाग्ने
-
बाढीले क्षति गरेको कोशी लोकमार्गबारे योगेशले गराए सरकारलाई ध्यानाकर्षण
-
कालोपट्टी : जनआन्दोलनको जुनकिरी- १
-
७२औँ मिस वर्ल्डको ग्रान्ड फिनाले आज