सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौँ : उद्धव थापा
विराटनगर । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेशसभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताएका हुन् । उनले कांग्रेसले सोमबारको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भएपनि त्यसो हुन नसकेको बताए । उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको कारणले कांग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए । उनले अदालतको निर्णयलाई स्वीकार गरेर जाने पनि बताए ।
प्रदेश सरकारबारे अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाइको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको कांग्रेसको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण