वस्तीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस
बिहीबार, ०३ जेठ २०८१, १५ : २१
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्य न्यायाधिवक्तामा मोरङ विराटनगरका नारायणप्रसाद वस्तीलाई नियुक्तका लागि सिफारिस गरेका छन् ।
नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको हो । वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम बिहीबार राखिएको छ ।
यसअघि मुख्यमन्त्री रहेका केदार कार्की नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई नयाँ सरकार गठन भएसँगै बर्खास्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण