राम्रा योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री महरा
बिहीबार, ०३ जेठ २०८१, १५ : ३७

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अघिल्लो सरकारका राम्रा योजनालाई निरन्तरता दिने बताएका छन् ।
बिहीबार बुटवलमा ‘स्थानीय सरकारका प्रवक्ताको भूमिका तथा जिम्मेवारी’ विषयक प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री महराले संस्थागत योजनाहरूलाई प्राथमिकतामा राख्ने र विगतका राम्रा योजनाहरूलाई समेत निरन्तरता दिइने बताएका हुन् ।
उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा उत्पादन र रोजगारी सिर्जनातर्फ ध्यान दिइने बताए ।
लुम्बिनी प्रदेशका ३९ वटा स्थानीय सरकारका प्रवक्ताहरूको सहभागिता रहेको कार्यक्रममा मुख्यमन्त्री महराले स्थानीय सरकारका जनप्रतिनिधिले प्रदेश सरकारलाई चोर बाटोबाट बजेट पार्न बाध्य नपार्न अनुरोध समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने
-
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
-
आन्दोलन प्रभावकारी हुँदै गएको राप्रपा बैठकको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएको छ : पूर्वअध्यक्ष अग्रवाल