७ करोड नगद बोकेको गाडी सडकमा पल्टिएपछि...
आन्ध्र प्रदेश । भारतको आन्ध्र प्रदेशमा शनिबार फेरि ठुलो परिमाणमा नगद जफत भएको छ । राज्यको पूर्वी गोदावरी जिल्लामा टाटा एसमा कार्डबोर्डमा लुकाएर लैजाँदै गरिएको अवस्थामा ७ करोड भारु फेला परेको हो ।
राज्यको नल्लाजर्ला मन्डलको अनन्तपल्लीमा एक लरीसँग ठोक्किएपछि टाटा एस पल्टियो । गाडी पल्टिँदा सडकभरि पैसा छरियो ।
गाडीमा बोराहरू थिए । बोराहरूको बिचमा कार्टुन भरि–भरि पैसा थिए । घटनास्थलबाट प्रहरीले पुग्दा ७ करोड नगद भेटेको बताइएको छ । पल्टिएको टाटा एस विजयवाडाबाट विशाखापट्टनतिर गइरहेको थियो । यस घटनामा टाटा एसका चालकलाई चोट लागेको बताइएको छ । अस्पतालमा उनको उपचार भइरहेको छ ।
यसअघि शुक्रबार आन्ध्र प्रदेशको एनटीआर जिल्लामा प्रहरीले खनतललासीको क्रममा पाइप भरिएको ट्रकमा ८ करोड नगद भेटिएको थियो । प्रहरीले ट्रक र पैसा सहित ट्रकमा सवार दुई जनालाई पनि समातेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण