निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले तालाचाबी लिएर हिँडेपछि नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त भएको एक सातासम्म मुख्यमन्त्री निवासमा सर्न पाएका छैनन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले दिएको जानकारी अनुसार निवर्तमान मुख्यमन्त्री कार्कीले विराटनगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजना परिसरमा रहेको मुख्यमन्त्री निवासको चाबी लगेका हुन् । यस्तै काठमाडौँमा रहेको मुख्यमन्त्री कार्यालयको चाबी पनि कार्कीले लिएर हिँडेका छन् ।
स्रोतका अनुसार निवर्तमान मुख्यमन्त्री कार्की र उनको सचिवालयले अहिले पनि को१झ ६२४, ०४६ र ६२७ नम्बरको गाडी फिर्ता गरेको छैन । पूर्वमुख्यमन्त्रीको हैसियतमा निवर्तमान मुख्यमन्त्री कार्कीलाई प्रदेश सरकारले एउटा गाडी दिए पनि दुईवटा गाडी भने फिर्ता नगरी जबरजस्ती कुदाइरहेको स्रोत बताउँछ ।
निवर्तमान मुख्यमन्त्री कार्कीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आगामी जेठ ९ गतेका लागि पेशी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण