कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
बेंगलुरु । विराट कोहलीको कीर्तिमानी अर्धशतकको मद्दतले रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्ससामु जितका लागि २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार खेलिएको ५२ औँ खेलमा बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १३ रन बनाएको हो ।
खेलमा बेंगलुरुले शानदर सुरुवात गरेको थियो । कोहली र जेकब बेथेल मिलेर पहिलो विकेटका लागि मात्र ५९ बलमा ९७ रनको साझेदारी गरे । कोहलीले मात्र ३३ बलमा ६२ रन जोडे । उनले ५ चौका र समान छक्का प्रहार गरे । योसँगै उनी यो सिजन ओरेन्ज क्यापको दौडमा गुजरात टाइटन्सका साई सुदर्शनलाई १ रनले उछिन्दै शीर्ष स्थानमा उक्लिएका छन् । यो सिजन कोहलीले ५०५ रन बनाएका छन् ।
त्यस्तै, प्रतियोगितामा कोहलीको ६२ औँ अर्धशतक थियो । उनले अस्ट्रेलियाका डेभिड वार्नरले बनाएको सबैभन्दा धेरै अर्धशतकको रेकर्ड बराबरी गरेका छन् । कोहलीको नाममा ८ शतक पनि समावेश छ । जुन आफैमा कीर्तिमान हो ।
बेथेलले ३३ बलमा ५५ रनको योगदान दिए । उनले ८ चौका र २ छक्का प्रहार गरे ।
कोहली र बेथेल आउट भएपछि बेंगलुरुले लगातार विकेट गुमायो । देवदत्त पडिक्कल १७ रन, कप्तान रजत पटिदार ११ रन तथा जितेश शर्मा मात्र ७ र बनाएर पभेलियन फर्किए ।
खेलको अन्त्यतिर रोमारियो शेफर्डले तीव्र गतिमा रन बनाउँदै ५३ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले मात्र १४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे ।
बेंगलुरुको रनको गतिमा केही समय ब्रेक लगाउन मथिसा पथिरानाले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिए । चेन्नईका लागि नुर अहमद र साम करनले १–१ विकेट हात परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण