मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार विस्तार गर्दै १० सदस्यीय मन्त्रीमण्डल बनाउने भएका छन् । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका हुन् ।
स्रोतले दिएको जानकारी अनुसार एमालेबाट मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरूमा इलामका रामबहादुर मगर, झापाका एकराज कार्की, खोटाङका पाँचकर्ण राई र मोरङका लिलाबल्लभ अधिकारी मन्त्री हुनेछन् । उनीहरूमध्ये मगर यसअघि वैशाख २७ गते नै मन्त्री नियुक्त भइसकेका छन् भने कार्की, राई र अधिकारीसहित राज्यमन्त्रीमा भोजपुरकी सिर्जना राईलाई शुक्रबार नियुक्ति पछि शपथ गराउने तयारी भएको छ ।
यस्तै माओवादी केन्द्रबाट यसअघि मन्त्रीमा मोरङका गणेशप्रसाद उप्रेती मन्त्री नियुक्त भइसकेका छन् भने माओवादीबाट थप उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्रकुमार कार्की मन्त्री तथा झापाकी बन्दना झाँगड राज्यमन्त्री बन्ने निश्चित भएको स्रोतको भनाइ छ ।
संविधानको धारा १६८ (५) अनुसार गत वैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका बेला पनि कार्कीले एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । अहिले पनि उनीहरू दोहोरिने भएका हुन् ।
यस्तै माओवादीबाट मन्त्री बन्न लागेका राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री थिए । माओवादीले राज्यमन्त्री बनाउन लागेकी झापाकी बन्दना झाँडगले भने पहिलो पटक उक्त जिम्मेवारी पाउने भएकी हुन् ।
यसैबिच कुन मन्त्रालयमा को मन्त्री पठाउने भन्ने विषयमा भने अझै टुंगो लाग्न सकेको छैन । उक्त विषयमा सहमति जुटाउन मुख्यमन्त्री कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच अहिले पनि छलफल जारी छ ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको लागि बेलुका साढे ४ बजेको समय निर्धारण गरिएको सरकारका प्रवक्ता तथा मन्त्री रामबहादुर मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण