लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्दै छ । आज दिउँसो बस्ने चौथो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले सदनमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी रातोपाटीलाई दिए ।
दिउँसो १ बजेबाट सुरु हुने प्रदेश सभा बैठकमा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची समेत तयार पारिएको छ । यस अघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको थियो ।
यो विधेयकमा ९ वटा खण्डहरू रहेका छन् । यसअघि लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रूपमा जारी भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
-
गणतन्त्रको विकल्प छैन : सांसद भट्ट
-
लामो पर्खाइ अन्त्य हुँदै, लाइसेन्स छपाइ तीव्र बनाइँदै
-
एक अर्बको लगानीमाथि खेलाँची, स्थायित्व खोज्दै पोखराको प्याराग्लाइडिङ
-
श्रेयष ऐयर टेस्ट टोलीमा नपरेपछि बीसीसीआईमाथि वीरेन्द्र सेहवागले उठाए प्रश्न