१० मध्ये पाँच अफ्रिकी टोली कसरी विश्वकपबाट बाहिरिए ?
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ चरणबाट सेनेगल बाहिरिएसँगै पाँच अफ्रिकी टोली आधिकारिक रूपमा प्रतियोगिताबाट बाहिरिएका छन् ।
अन्तिम ३२ चरणमा बेल्जियमसँग पराजित भएपछि सेनेगल सन् २०२६ फिफा विश्वकपबाट बाहिरिने पछिल्लो अफ्रिकी राष्ट्र बनेको छ ।
‘लायन्स अफ टेराङ्गा’ उपनामले चिनिने सेनेगल ‘रेड डेभिल्स’माथि जित निकाल्न असफल रह्यो । यससँगै अन्तिम १६ मा पुग्ने उसको सपना समाप्त भएको छ भने प्रतियोगितामा अफ्रिकाको प्रतिनिधित्व पनि थप घटेको छ ।
डीआर कङ्गो, दक्षिण अफ्रिका र आइभोरी कोस्ट पनि अन्तिम ३२ चरणमा पराजित हुँदै घर फर्किएका हुन् भने ट्यिुनिसिया ग्रुप चरणबाटै बाहिरिएको थियो । अर्थात् सन् २०२६ फिफा विश्वकपमा अफ्रिकी राष्ट्रहरूले यस पटक उल्लेखनीय प्रतिस्पर्धा गरे पनि अन्तिम १६ मा पुग्नु अघि नै १० मध्ये पाँच टोलीको यात्रा समाप्त भइसकेको छ ।
कसरी बाहिरिए विश्वकपबाट पाँच अफ्रिकी टोली ?
सेनेगलको बेल्जियमसँग रोमाञ्चक हारः सेनेगल अफ्रिकाबाट अन्तिम ३२ चरण पार गर्न असफल हुने पछिल्लो टोली बन्यो । बेल्जियमविरुद्ध २–०को अग्रता निकाल्दा निकाल्दै पनि ‘लायन्स अफ टेराङ्गा’अन्ततः ३–२ ले पराजित हुनुपर्यो । अन्तिम १६ पुग्ने अवसर गुमाउँदै सेनेगलले विश्वकप यात्राको अन्त्य गर्यो ।
डीआर कङ्गोको इंग्ल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात, तर अन्त्यमा हारः विश्वकपमा पहिलो पटक नकआउट चरण पुगेको डीआर कङ्गोले अन्तिम ३२ मा इंग्ल्यान्डलाई निकै दबाबमा राख्यो । खेलको सातौँ मिनेटमै अग्रता लिएको डीआर कङ्गोले लामो समयसम्म त्यो अग्रता जोगाएको थियो । तर दोस्रो हाफको अन्त्यतिर कप्तान ह्यारी केनले दुई गोल गर्दै इंग्ल्यान्डलाई २–१ को पुनरागमन जित दिलाए । उत्कृष्ट प्रदर्शनका बाबजुद डीआर कङ्गोको ऐतिहासिक यात्रा त्यहीँ टुङ्गियो ।
दक्षिण अफ्रिकाले ऐतिहासिक अवसर सदुपयोग गर्न सकेनः दक्षिण अफ्रिकाले समूह चरणबाट अघि बढेर समर्थकमा ठुलो आशा जगाएको थियो । तर अन्तिम ३२ चरणमा बलियो क्यानडासँग १–०ले पराजित भएपछि ‘बाफाना बाफाना’को यात्रा पनि त्यहीँ समाप्त भयो । प्रतिश्पर्धात्मक खेल देखाए पनि नकआउट चरण पार गर्न त्यो पर्याप्त भएन ।
आइभोरी कोस्टः समूह चरणको गति कायम राख्न सकेनः आइभोरी कोस्टले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नकआउटमा स्थान बनाएको थियो । तर अन्तिम ३२ मा उनीहरूले आफ्नो लय कायम राख्न सकेनन् । नर्वेको प्रभावशाली प्रदर्शनका अघि २–१ले पराजित हुँदै आइभोरी कोस्ट प्रतियोगिताबाट बाहिरियो ।
समूह चरण पार गर्न नसकेको ट्युनिसियाः समूह चरण पार गरेर अन्तिम ३२ मा पुग्न नसकेको एउटा मात्र अफ्रिकी टोली ट्यिुनिसिया थियो ।
अफ्रिकाको बाँकी आशा
यी पाँच टोली बाहिरिएसँगै अफ्रिकाको प्रतिनिधित्व उल्लेखनीय रूपमा घटेको छ । यद्यपि मोरक्कोले युरोपियन महारथीलाई नेदरल्याण्डलाई घर फर्काउँदै अन्तिम १६मा आफ्नो स्थान सुरक्षित गरेको छ भने, घाना, इजिप्ट, अल्जेरिया र केप भर्डे पनि अन्तिम १६को यात्रा तय गर्ने दौडमा अझै बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
-
हुम्लामा सहुलियतको चामल बिक्री सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण