कोशीका चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा संघको कोशी प्रदेश शाखाले ३ चलचित्र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेको छ ।
संघको स्थापना दिवसको अवसर पारेर धरानको सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा ‘चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ कोशी प्रदेशमै रहेर चलचित्र पत्रकारिता गर्ने भीषण राई र गोपाल दाहालले प्राप्त गर्दा ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८१’ नगदसहित सुमित कार्कीले पाए ।
कोशी प्रदेश सभा सदस्य माननीय विजय कुमार राईले सम्मान तथा पुरस्कार प्रदान गरे ।
कार्यक्रममा कोशी प्रदेश अध्यक्ष सुमित्रा राईले पत्रकारको हौसलाका लागि पुरस्कार तथा सम्मान प्रदान गरेको बताइन् । पुरस्कार र सम्मानले आगामी वर्षमा पनि निरन्तरता पाउने उनको धारणा थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक भीम दाहाल, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव देवेन्द्र कार्की, धरान उपमहानगर पालिकाका उप–प्रमुख आईन्द्रबिक्रम बेघा, अग्रज पत्रकारहरू हर्ष सुब्बा, महेश श्रेष्ठ, चलचित्र निर्देशक तथा निर्माता सन्तोष सेनलगायतको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशका सचिव सुवास श्रेष्ठ संकल्पले सञ्चालन गरेको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश स्थापनाको ८ वर्ष पूरा भएको जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण