भारतमा भाजपा कार्यकर्ताको हत्यापछि आगजनी

नयाँ दिल्ली । भारतको पश्चिम बंगालको तमलुक संसदीय क्षेत्रको नन्दीग्राममा भाजपाकी एक महिला कार्यकर्ताको हत्या भएको छ । भाजपाले यो हत्या तृणमूल कांग्रेसका कार्यकर्ताले गरेको आरोप लगाएको छ ।
यो घटनापछि सो क्षेत्रमा तनावको स्थिति उत्पन्न भएको छ । घटनाबारे जानकारी पाएलगत्तै भाजपा कार्यकर्ताले विभिन्न ठाउँमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । त्यस क्षेत्रका केही पसलमा पनि आगजनी गरिएको छ । आगजनीपछि ठुलो सङ्ख्यामा प्रहरी र केन्द्रीय बलको टोली घटनास्थलमा पुगेर भीडलाई तितरबितर पारेर स्थितिलाई नियन्त्रणमा लिएको थिए ।
सो क्षेत्रमा अझै पनि तनावकै स्थिति भएको बताइएको छ । यस क्षेत्रमा छैटौँ चरणमा (मे २५)मा मतदान हुँदैछ । हिजो राति सोनाचुडा क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीले भाजपा कार्यकर्तालाई धारिलो हतियारले आक्रमण गरेको प्रहरीले बताएको छ ।
ती महिलाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेकाले उपचारका लागि कोलकाता पठाइएको छ । यस आक्रमणको लागि भाजपाले तृणमूल कांग्रेसलाई दोष दिएको छ ।
तर तृणमूल कांग्रेसले यो भाजपाको आन्तरिक कलहको नतिजा भएको बताइरहेको छ । प्रहरीका अनुसार यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । हत्यापछि भाजपा कार्यकर्ता सडकमा उत्रिएका छन् । उनीहरुले सोनाचुराको मनसापुकुर बजार क्षेत्रमा सडकमा रुख काटेर प्रदर्शन सुरु गरेका छन् । धेरै ठाउँमा टायर बालेर सवारी आवागमन बन्द गरिएको छ । सो क्रममा केही पसलमा आगजनी समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)