शनिबार कस्तो रह्यो ‘फर्कि फर्कि’ को व्यवसाय ?
काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘फर्कि फर्कि’ ले सुरुकै दिन देखि नै राम्रो व्यवसाय गर्न सफल भएको छ । फिल्मले शनिबार धेरै हलमा हाउस फुलको व्यवसाय गर्न सफल भएको हो ।
वितरक गोविन्द शाहीले शनिबार फिल्म लागेको प्रायः सबै हलमा दर्शक राम्रो भएको जानकारी दिए । अहिलेसम्म कति व्यवसाय गर्यो बन्ने व्यावसायिक हिसाब निकाल्न बाँकी रहेको उनले बताए ।
निर्माण युनिट फिल्मको विषयमा प्रतिक्रिया बुझ्न शनिबार बिहानैदेखि उपत्यकाका विभिन्न हलमा पुगेको थियो । शो क्रममा दर्शकले कलाकार अनमोल केसी, जसिता गुरुङ लगायतसँग सेल्फी समेत खिचाएका छन् ।
अभिनेता अनमोल केसीले दर्शकको मायाले आगामी दिन राम्रो फिल्म दिनुपर्ने चुनौती थपिएको बताए । हल भ्रमणका क्रममा उनले दर्शकसँग सेल्फी खिचाउँदै अटोग्राफ पनि दिएका थिए ।
अभिनेत्री जसिता गुरुङले पनि दर्शकको साथले उत्साहित रहेको बताइन् ।
‘टाइम लुप’ को कथामा निर्माण भएको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् । रोहित अधिकारी र ओमप्रकाश अग्रवालको निर्माण रहेको फिल्मका लेखक निर्देशक गुरुङ नै हुन् ।
अनमोल र जसिताको अलावा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा
-
चीनमा कडा लगानी सुरक्षा नियम लागू
-
पहिलो पटक भिड्दै इंग्ल्याण्ड र डीआर कङ्गो
-
कांग्रेसको निर्वाचन समितिले भन्यो– जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै गर्नू
-
भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण