मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय

राजकोट घटनापछि धमाधम गेमिङ जोन सिल गर्दै भारत

सोमबार, १४ जेठ २०८१, १५ : ३८
सोमबार, १४ जेठ २०८१

नयाँ दिल्ली । भारतकाे गुजरातको राजकोटमा गेमिङ जोनमा दुर्घटनापछि राजस्थानले गेमिङ जोनमाथि कडाइ गर्न थालेको छ । नगर निगम ग्रेटर र अग्नि नियन्त्रण विभागका अधिकारीहरूले आइतवार जयपुरका ६ वटा गेमिङ जोनहरू सिल गरेका हुन् । यी गेमिङ जोनहरूमा सुरक्षा त्रुटि भेटिएपछि कारबाही गरिएको हो ।

डेपुटी फायर कमिश्नर सरिता चौधरी र चीफ फायर अफिसर गौतम लालको टोलीले जयपुरका धेरै मलहरूमा गेमिङ जोन जाँच गरेका थिए । भूत बंगला, हरर हाउस, गेमर जोनलगायत ६ वटा गेमिङ जोनको फायर सेफ्टीमा त्रुटि भेटिएपछि नियन्त्रणमा लिइएको छ । राजकोटमा जस्तो दुर्घटना नहोस् भनेर निरन्तर कारबाही गरिरहेको बताइएको छ । ६ वटा गेमिङ जोन कब्जा गरिएको छ । अन्य ठाउँमा पनि अनुसन्धान भइरहेको छ ।

सिल भएका गेमिङ जोनहरू काठ, थर्माेकोल, प्लास्टिक, कपडा, रबर जस्ता अत्यधिक ज्वलनशील पदार्थहरू प्रयोग गरी बनाइएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप