काठमाडौँ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । आजै लुक्लाबाट काठमाडौँ आएकी श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको हो ।
_zvlyCUvhZH.jpg)
वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी थिइन् । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
_JNGMYn65XH.jpg)
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् ।
_gO0uWUwkWc.jpg)
विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।
_h7974wOcyA.jpg)
_lbLeP3fpzn.jpg)
_yU40hb9RPc.jpg)
_jPz4r0PpYQ.jpg)
_CkEYbUWsXr.jpg)
_Y15B5XSXFG.jpg)
प्रतिक्रिया