भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु
नयाँदिल्ली । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो । राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या सोमबार २ हजार ८ सय नौबाट बढेर ३ हजार ६ सय २२ पुगेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।
भारतका ठुलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण