दिल्लीमा पानी बरबाद गर्नेलाई २ हजार जरिवाना
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा पानी खेर फाल्न नदिन जरिवाना लगाइने भएको छ । दिल्ली सरकारका जलमन्त्री आतिशीले दिल्ली जल बोर्डका सीईओलाई पत्र लेखेकी छिन् ।
मन्त्री आतिशीले निर्देशमा २०० वटा टोली बनाउन भनिएको छ । पानीले गोडा धुन, पानीको ट्यांकी ओभरफ्लो हुने, घरेलु पानीको कनेक्शनलाई व्यवसायीक प्रयोजनमा चलाउने आदिलाई पानीको बरबादी मानिनेछ । पानी खेर फ्याक्नेलाई २ हजार रुपयाँ जरिवाना लगाउने बताइएको छ ।
‘पानीको बरबादी रोक्न यी टोलीहरू नियुक्त गरिएको हो,’ आतिशीले भनेकी छिन्, ‘गाडी धुने र ट्याङ्की ओभरफ्लो गर्दा पानीको बरबादी भएमा जरिवाना तिराइनेछ । निर्माण वा व्यापारिक स्थानमा अवैध जडानहरू पनि विच्छेद गरिनेछ ।’
चरम गर्मीमा हरियाणाले दिल्लीको हिस्साको पानी नछोडेको आरोप पनि उनले लगाएकी छन् । ‘यस्तो अवस्थामा पानीको समुचित प्रयोग आवश्यक भएको छ, त्यसैले कडा कदम चालिएको छ,’ उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण