गर्मीका कारणमा भारतका ७ राज्यमा एकै दिन ७९ जनाको मृत्यु, बिहारमै ४४ जना
शुक्रबार, १८ जेठ २०८१, १० : १६
नयाँ दिल्ली । भारतमा गर्मीका कारण बिहीबार ७९ जनाको ज्यान गएको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो ।
सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो । ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो ।
राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो । उत्तर प्रदेश र दिल्लीमा १÷१ जनाको मृत्यु भएको छ । मौसम विभागले शुक्रबारका लागि यी राज्यमा लूसम्बन्धी अलर्ट जारी गरेको छैन । बिहीबार अधिकांश राज्यमा लूसम्बन्धी अलर्ट जारी गरिएको थियो । पछिल्ला दिनहरूमा भारतमा गर्मीका कारण दिनहुँ कयौँको ज्यान गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण