शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकालाई
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकाले जितेको छ ।
थाङ्पाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी–४ मा आज सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधि जितेको हो । जुगलले उपाधिसँगै नगद रु ५० हजार र उपविजेता मेलम्चीले रु ३० हजार प्राप्त गरेको छ ।
आजै भएको सेमिफाइनलमा मेलम्चीले इन्द्रावती र जुगलले पाँचपोखरीलाई सोझो सेटमा पराजित गरेका हुन् । तेस्रो स्थानका लागि भएको खेलमा पाँचपोखरीले इन्द्रावतीलाई पराजित गर्दै नगद रु २० हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा जिल्लाका आठ पालिकाका नौ टिम सहभागी रहेका पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट डिफेन्स मेलम्चीका नेत्रबहादुर तामाङ, उत्कृष्ट लिफ्टर इन्द्रावतीका कृष्ण गिरी, उत्कृष्ट स्पाइकर जुगलका खुमराज वली र उत्कृष्ट खेलाडी पाँच पोखरीका ढकबहादुर खड्का घोषित भए ।
हिजोदेखि सुरु भएको प्रतियोगितामा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका–२ टिम, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, चौतारा सागाँचोकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोसी गाउँपालिकाको सहभागिता रहेको थियो ।
विजेतालाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारीलगायतले पुरस्कार प्रदान गर्नुभयो । शिक्षकको पेसासँगै सिर्जनात्मक कार्यमा प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण