चन्द्रमाको सुदूर हिस्सामा चीनको अन्तरिक्ष यान अवतरण
बेइजिङ । चीनको मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा हिस्सामा अवतरण भएको छ । यान अवतरण भएको हिस्सामा यसअघि कुनै यान नपुगेको र त्यहाँ जान कसैले प्रयास पनि नगरेको बताइएको छ । चाङ’इ ६ यान बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भइएको चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए)ले एक विज्ञप्तिमा भनेको छ ।
चीनले मे ३ यो यान पठाएको थियो । यस अभियानमा चीनले चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउन खोजेको छ । यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्ने बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित एउटा ठुलो क्रेटरमा यान अवतरित भएको बताइएको छ ।
चन्द्रमाको सो हिस्सामा यान पुगेपछि सम्पर्क स्थापित गर्न गाह्रो हुने भएकोले अवतरण निकै कठिन थियो । सो हिस्सामा यस अघि पनि चीन मात्रै पुगेको छ । चीनले सन् २०१९ मा पहिलो पटक चाङ’ई–४ लाई त्यहाँ अवतरित गरेको थियो । अन्य देशहरूले सो हिस्सामा जाने प्रयास गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण