दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी, ११ राउन्ड अश्रुग्याँस प्रहार
आइतबार, २० जेठ २०८१, ११ : ३४

बुटवल । स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीस्थित मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार आफ्ना माग पूरा नभएको भन्दै मोही पीडित किसानहरूले मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सरकारले पटक–पटक आफूहरूसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए ।
मालपोत र नापी कार्यालयलाई आन्दोलनकारीहरूले घेरेपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले १० राउन्ड अश्रुग्याँस प्रहार भएको राताेपाटीलाई बताए । अहिले स्थिति नियन्त्रणमा आइसकेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति छ ?
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
ईयूसँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा बढाउन ट्रम्प सहमत
-
‘हिमाली जिल्लाका लुलु गाई संरक्षणतर्फ ध्यान पुगेको छैन’
-
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप
-
भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या