बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली

बिहीबार, ११ असार २०८३, २२ : ४३
बिहीबार, ११ असार २०८३

सारांश

  • ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
  • उनले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन अभियानबारे जानकारी दिए ।
  • एमालेका नेताकार्यकर्तालाई निर्वाचनमा हारले निराश नहुन उनले आग्रह गरे ।

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई बिहीबार भर्चुअल सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीले २०७४ को निर्वाचनमा राम्रो मत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको अध्यक्ष ओलीको दाबी थियो । उनले एउटा निर्वाचनमा हार्दैमा सुदृढ सङ्गठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताए ।

पार्टीले सातवटै प्रदैशमा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका अभियान सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप