३५ घण्टापछि कर्णालीमा विद्युत् सेवा
आइतबार, २० जेठ २०८१, २२ : ३०
सुर्खेत। हिजो शनिवार बिहान नौ बजेदेखि अवरुद्ध भएको कर्णालीको विद्युत् सेवा करिब ३५ घण्टापछि सुचारु भएको छ। आइबार १० बजेतिर विद्युत् पुनः सुचारु भएको हो ।
शनिवार बिहानदेखि अवरुद्ध विद्युत् दिउँसो तीन बजेतिर केहीबेर सुचारु भएको थियो । त्यसपछि ठुलो हावाहुरीसँगै पानी परेपछि अवरुद्ध भएको विद्युत् आइतबार बेलुका मात्र सुचारु भयो ।
विद्युत् प्राधिकरण सुर्खेतका अनुसार शनिवारको हावाहुरीले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन अन्तर्गत बाँके जिल्लाको गाबरको जङ्गलमा रूख ढली लाइनमा परेर ८(९ वटा पोलमा क्षति पुराएको थियो ।
विद्युत् अवरुद्धसँग आइतबार दिनभर कर्णालीमा नेट इन्टरनेट पनि अवरुद्ध हुँदा कामकारबाहीमा असर परेको थियो । नेपाल टेलिकमको टावर समेत सञ्चालन नहुँदा फोन सम्पर्कमा कठिनाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण