ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी, सबै सकुशल
सोमबार, २१ जेठ २०८१, २१ : ३६
नयाँ दिल्ली । भारतको दिल्लीको तुगलकाबाद र ओखलाबिचको ताज एक्सप्रेसको तीन डिब्बामा सोमबार ठुलो आगलागी भएको उत्तरी रेलवेका सिपिआरओले बताएको छ ।
डिसिपी रेलवेका अनुसार साँझ ४ः४१ बजे एउटा ट्रेनमा आगलागी भएको फोन आएको थियो । जानकारीअनुसार घटनास्थलमा ६ वटा दमकल पुगेका थिए । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटक वा क्षति नभएको बताइएको छ ।
घटनापछि डिसिपीले भनेको छ, “घटनास्थलमा ताज एक्सप्रेस ट्रेनको तीन डिब्बामा आगो लागेको थियो । घटनापछि रेल रोकियो । यात्रीहरू अन्य डिब्बामा गएकाले कोही घाइते भएका छैनन् ।”
आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । तथापि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण