हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध
बिहीबार, २४ जेठ २०८१, ०९ : ५५
वीरगञ्ज । बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए ।
वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण