बुटवलमा अनधिकृत रूपमा औषधि बिक्री गर्ने दुई जना पक्राउ
बुटवल । बुटवलमा अनधिकृत रूपमा औषधि बिक्री गर्ने दुई जनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानीगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आयशा फार्मेसीका दीप केवट र विनायक फार्मेसीका रामहरि आचार्यलाई नियन्त्रणमा लिइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भएपनि केवट र आचार्यले आफ्नो अध्ययनभन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषयमा खेलबाड गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अर्यालले बताए ।
अनुगमन समितिले उक्त क्षेत्रमा रहेका होटेल तथा रेस्टुरेन्टमा समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा नवीकरण नभएका, मूल्य सूची अपडेट नगरिएको र सरसफाइमा ध्यान नदिएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको उनले बताए । यस्तै नवीकरण नभएका होटेल तथा रेस्टुरेन्टलाई समेत एक हप्ताभित्र नवीकरण गर्न निर्देशन दिइएको अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण