एमाले रुपन्देही अधिवेशन : नयाँ नेतृत्वका चयनका लागि सहमतिको प्रयास
बुटवल । नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भैरहेको छ । बुटवलमा जारी अधिवेशनमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास भैरहेको हो ।
अध्यक्ष मण्डलका सदस्य एवं एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको बताउँदै सकभर मिलाएर लैजाने तयारी भैरहेको बताए । यदि सहमति नभए निर्वाचन जाने उनले बताए । अध्यक्षमा तेजेन्द्र केसी, यज्ञ गैरे र खेम लुइँटेलको उम्मेदवारी परेको छ ।
केही पदमा मिलाउने गरी छलफल भइरहेको बताइएको छ । अध्यक्षका लागि यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी, सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिला तर्फको उपसचिवमा सुनिता ठठेर हुने गरी सहमति नजिकै पुगिएको बताइए पनि औपचारिक घोषणा भने भएको छैन ।
निर्वाचन समितिले शुक्रवार बिहान ७ बजेसम्म सहमति नभएमा निर्वाचन गर्ने तयारी पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण