प्रदेश सरकार
मधेस प्रदेश : सरकार गठनको लागि गठबन्धनले पेस गर्यो ५५ जनाको नामावली
शुक्रबार, २५ जेठ २०८१, ०८ : १४
जनकपुर । मधेस प्रदेश नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको छ । प्रमुख सुमित्रा भण्डारीसमक्ष गठबन्धनको तर्फबाट ५५ को दाबी पेस गरिएको माओवादी प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो ।
एमाले–माओवादी गठबन्धनले जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाएको हो । मुख्यमन्त्रीमा नियुक्ति भएपछि सिंहलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
-
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
-
रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, को कता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण