मौलिक संस्कृति हेर्न पाइने भिगन रेस्टुराँ
काठमाडौँ । काठमाडौँको ठमेलमा ‘द भिगन किचेन’ रेस्टुराँ सञ्चालनमा आएको छ । यसका सञ्चालकहरूका अनुसार ‘कल्चरल सो’ हेर्न सकिने यो नेपालकै पहिलो रेस्टुराँ हो । चार जनाले संयुक्त रूपमा यो रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् ।
शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोसिशन रेबान) का अध्यक्ष संघर्ष विष्ट, पर्यटन व्यवसायी तथा गीतकार देवेन गिरी र नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्काले रिबन काटेर संयुक्त रूपमा यस रेस्टुराँको उद्घाटन गरेका छन् ।
द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । ठमेलस्थित होटल मनाङसँगै जोडिएको यो रेस्टुराँ बिहान १० बजेदेखि राति १० बजेसम्म खुला रहन्छ ।
यहाँ सेटन बिरयानी, मिन्ची बिरयानी, स्टिक बिरयानी, भिगन छोयला, मम, भिगन सिजलर, थाली लगायत अन्य परिकारहरूको स्वाद लिन सकिन्छ । यस्तै हर्बल टी, सोया टी, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि यस रेस्टुराँको मेनुमा उपलब्ध छन् । डेजर्टमा सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ । द भिगन किचेनको सजावट विशेष र आकर्षक खालको छ ।
द भिगन किचेन रेस्टुराँका भित्तामा गोबरले लिपिएका छन् । भित्ताहरूमा आकर्षक मिथिला चित्रकथा हेर्न सकिन्छ । यहाँको सजावट गाउँको झझल्को दिने खालको छ । नेपालमा पछिल्लो समय मानिसहरू भिगनप्रति आकर्षित हुँदै गरेको सन्दर्भ कोट्याउँदै सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठ भन्छिन्, ‘माछा, मासु र दुधमा जति प्रोटिन पाइन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाइन्छ ।’
रेस्टुराँको मेनु पनि तुलनात्मक रूपमा महँगो नभएको श्रेष्ठको भनाइ छ । भिगनका विभिन्न परिकारहरूका साथै यहाँ नेपालको मौलिक संस्कृति झल्किने विभिन्न नृत्य तथा गीत, सङ्गीत सुन्न र हेर्न सकिन्छ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताइन् । प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई चार जना सञ्चालक रहेको यस रेस्टुराँले सुरुवातमा १२ जनालाई रोजगारी प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण