खच्चडहरु हिँडिरहेका बेला कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि
सुर्खेत । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चर हरु फसेका छन् । अछामबाट आइतबार दैलेखको खिड्की जीउला बजार सामान ल्याउन आउँदै गरेका खच्चडहरु लट्ठा चुँडिएपछि जालीमा खुट्टा छिर्दा खच्चडहरू फसेका हुन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४, खिड्की जीउला जोड्ने उक्त झोलुङ्गे पुल निकै पुरानो हो । इलाका प्रहरी कार्यालय राकमबाट अहिले घटनास्थलमा खटिएका सहायक हल्दार दीपक कठायतका अनुसार पुलका तीन वटा लट्ठा चुटेको छ ।
‘एकातर्फका लट्ठा चुटेर पुल अर्कोतिर फर्किएको छ, खच्चरका खुट्टा जालीमा पसरे अड्किएका छन्,’उनले रातोपाटीसँग भने ।उनका अनुसार १३ मध्ये नजिकै भएको एउटा खच्चरको उद्धार भएको छ भने अहिले १२ वटा खच्चर अड्किएको छन् ।
उद्धारका लागि राकमबाट ७ जना प्रहरी टोली, जिल्लाबाट प्रहरी, सशस्त्रको टोली आइरहेको छ भने अछामबाट पनि आइरहेको छ । कठायतका अनुसार उद्धार गर्न निकै समस्या छ । ‘कि पुरै जाली काट्नुपर्ने हुन्छ, त्यसो गर्दा पनि नदीमा खच्चर खसेर मर्ने सम्भावना हुन्छ,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण