राप्रपाबारे जसपा नेपाल : हल्ला गर्छ, राजतन्त्र फर्काउन सक्दैन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जति हल्ला गरे पनि राजतन्त्र फर्काउन नसक्ने जिकिर गरेको छ ।
जसपा नेपालको महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीति प्रतिवेदनमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उल्लेख गरेका हुन् ।
‘महेन्द्रीय राष्ट्रवादको पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस–कम्युनिस्टको अक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ र राजतन्त्र फर्किने हल्ला पनि गर्दछ’, प्रतिवेदनमा भनिएको छ, ‘नेपाली जनताको लामो सङ्घर्ष र ठुलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको छ, जबकि त्यो फर्किने कुनै सम्भावना नै छैन ।’
तथापि राप्रपा पार्टीले छर्ने आवश्यक भ्रमलाई चिर्न जसपा नेपाल चनाखो हुनुपर्ने प्रतिवेदनमा जोड दिइएको छ ।
जसपा नेपालले राप्रपा पुरातन सम्वर्द्धनवादी धारको प्रतिनिधि पार्टी भएको उल्लेख गरेको छ । राप्रपाले आफूलाई राजावादी, हिन्दु राष्ट्रवादी पार्टी भन्न रूचाउने र सो पार्टी पुराना शासकवर्ग र परिवार, राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ता पञ्चहरूको राजनीतिक रक्षाकवचका रूपमा उदय भएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण