चन्द्रबाबु नायडू आन्ध्र प्रदेशको मुख्यमन्त्री बन्दै
नयाँ दिल्ली । तेलुगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडू भारतको आन्ध्र प्रदेशमा एनडीए गठबन्धनको नेता चुनिएका छन् । यसको मतलब अब चन्द्रबाबु नायडूले आन्ध्र प्रदेशको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिनेछन् ।
लोकसभा चुनावसँगै आन्ध्र प्रदेश विधान सभा चुनावमा टीडीपी नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो ।
मंगलबारको एनडीए विधायक दलको बैठकमा जनसेना पार्टीका पवन कल्याणले चन्द्रबाबु नायडूको नाम प्रस्ताव गरेका थिए । ‘भाजपा, जनसेना र टीडीपीका सबै विधायक आन्ध्र प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि मेरो नाममा सहमत भएका छन्,’ समाचार एजेन्सी एएनआईका अनुसार चन्द्रबाबु नायडूले भनेका छन् ।
नायडूले आन्ध्र प्रदेशको मुख्यमन्त्री बन्न लागेको यो चौथो पटक हो । आन्ध्र प्रदेशको १७५ विधान सभा सिटहरूमध्ये टीडीपीले १३५ सिट जितेको थियो । टीडीपीको सहयोगी जनसेनाले २१ सिट र भाजपाले ८ सिट जित्न सफल भएको छ । वाईएसआरसीपीले ११ सिट मात्रै जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण