तलाउमा डुबेको अवस्थामा लास भेटियो भन्दै स्थानीयले प्रहरीलाई गरे खबर, प्रहरी पुग्दा खुल्यो यस्तो रहस्य
नयाँ दिल्ली । भारतको तेलंगाना राज्यको हनुमाकोंडा जिल्लामा एउटा अनौठो घटना भएको छ ।
रेड्डीपुरम प्रहरीलाई स्थानीयले तलाउमा पाँच घण्टादेखि एउटा लास डुबेको अवस्थामा देखिएको भन्दै खबर गरे । घटनास्थलमा प्रहरी पुग्दा वास्तविकता भने निकै बेग्लै पाइएको हो ।
तलाउ किनारमा टाउको अड्याएर शरीर पानीमा डुबाएको अवस्थामा एक व्यक्ति हलचलविना सुतिरहेका थिए । प्रहरीले हात समात्नासाथ ती व्यक्ति उठे ।
नेल्लोर जिल्लाको कावली निवासी ती व्यक्तिको पहिचान भने खुलाइएको छैन । प्रहरी स्रोतका अनुसार उनी प्रचण्ड गर्मी छल्नका लागि बिहानैदेखि तलाउमा शरीरलाई डुबाएर सुतेका थिए ।
विगत १० दिनदेखि दैनिक १२ घण्टाका दरले ग्रेनाइटको खानीमा लगातार काम गरेको बताउने उनले शरीरलाई ठण्डा गराउन आफू यसरी तलाउमा आएर आराम गरेको बयान प्रहरीलाई दिएका छन् ।
लामो समय हलचल नगरी सुतेका कारण स्थानीयवासीले भने कोही डुबेर मरेको होला भनेर प्रहरीलाई खबर गरेका थिए । ती व्यक्ति मंगलबार बिहान स्थानीय समयानुसार ७ बजे तलाउमा पसेका थिए । मध्याह्न १२ बजेसम्म पनि उनी तलाउबाट ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण