नेतृत्व चयनका लागि जसपा नेपालमा निर्वाचन प्रक्रिया सुरु
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि निर्वाचन प्रक्रियाको सुरु गरिएको हो ।
पदाधिकारी तथा सदस्यहरूमा नेतृत्व चयनका लागि नोमिनेशन कार्यतालिका सार्वजनिक गरिएको छ । मतदाताहरूको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन कार्यतालिका मंगलबार राती नै सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा अपराह्नदेखि ४ बजेदेखि हुने निर्वाचनका लागि बिहान साढे ८ बजेदेखि मनोनयन (नोमिनेशन) को कार्यतालिका राखिएको छ ।
त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ ।
यसैगरी मनोनयन पत्र फिर्ता लिनका लागि साढे ११ बजेदेखि अढाइ (२ः३०) बजेसम्मको कार्यतलिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने ३ बजे गर्ने कार्यतालिका रहेको छ ।
यी प्रक्रियाहरू सकिसकेपछि मतदान कार्यक्रमका लागि अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समिति संयोजक महम्मद समिमि अख्तर अलीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण