जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण
कास्की । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।
पाखेरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीका रिजन शाक्य र एरिश शाक्यको जोडीलाई ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा पराजित गरे । लुम्बिनीका सुविन क्षेत्री र सुविन थापा तथा गण्डकीका दीपनिशान शाही र स्वर्णिम तिमल्सिनाको जोडी तेस्रो भए ।
गर्ल्स डबल्सको उपाधि भिडन्तमा सुरम्यले नर्मदा खाइतुको जोडीसंग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराए । लुम्बिनीका सचिना पुरी र राशी बराल तथा गण्डकीका राजश्री अधिकारी र सक्रिय पोखरेलको जोडी तेस्रो बने ।
मिक्स डबल्सको फाइनलमा जयस्नु र सुरम्यको जोडीले बागमतीका रिजन शाक्य र नर्मदा खाइतुको जोडीलाई ८–११, ११–५, ९–११ र ११–८ र ११–७ को सेटमा पाखा लगाए । कोशीका गौतम तामाङ र सुलेखाकुमारी ठाकुर तथा लुम्बिनीका सुविन क्षेत्री र सचिना पुरीको जोडी तेस्रो स्थानमा रहे ।
सातै प्रदेशबाट समान २८–२८ ब्वाइज/गर्ल्स गरी ५६ खेलाडी सहभागी छन् । टेबलटेनिसमा ५ स्वर्णका प्रतिस्पर्धा भइरहेको छ । बाँकी २ स्पर्धा ब्वाइज/गर्ल्सको सिंगल्स फाइनल बिहीबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण