फुलकोर्ट पुग्यो वरिष्ठ अधिवक्ताको उपाधि पाउने वकिलहरूको सूची
काठमाडौँ । सर्वोच्च अदालतले दिँदै आएको वरिष्ठ अधिवक्ताको उपाधि दिने सम्बन्धी सूची समितिले फुलकोर्टमा पेश गरेको छ ।
सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा प्रस्तावित वरिष्ठ अधिवक्ताहरूको सूची पेस भएको र अव छलफल सुरु हुने छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले सिफारिस समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वरिष्ठ अधिवक्ताको उपाधि दिनका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले विभिन्न आधार र मापदण्ड हेरी वरिष्ठ अधिवक्ताको उपाधि दिन सकिने सम्भावित कानुन व्यवसायीको सूची तयार गरेको थियो । उक्त समितिका सदस्य सचिवका हैसियतले मुख्य रजिस्ट्रार ढकालले प्रतिवेदन प्रस्तुत गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।
राउत नेतृत्वको समितिले करिब डेढ सय कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सिफारिस गरेको छ ।
वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण