बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेसपा  स्थापना दिवस : भैरहवामा  दीप प्रज्वलन

बुधबार, ३० जेठ २०८१, २१ : १६
बुधबार, ३० जेठ २०८१

बुटवल । नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसको अवसरमा रुपन्देहीको भैरहवामा दीप प्रज्वलन गरिएको छ । नेसपा जिल्ला समन्वय समितिले बुधवार साँझ भैरहवास्थित बुद्ध चोकमा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन पश्चात् आयोजित समारोहलाई सम्बोधन गर्दै नेसपा लुम्बिनी प्रदेश संयोजक कमल खनालले ९ वर्ष पहिले आफूहरूले नयाँ शक्ति पार्टी नेपालको नामबाट एउटा वैकल्पिक शक्ति स्थापना गरेको बताए । नेता खनालले नेपालमा अहिले पनि कांग्रेस, एमाले, माओवादी लगायतका परम्परागत शक्ति रहेको उल्लेख गरे । 

2

उनले मुलुकमा स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पङ्कज राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक संसद्, सदाचार, सुशासन, संविधान संशोधन, समावेशी लोकतन्त्र, समतामूलक समाजजस्ता एजेन्डा नेसपाले अघि सारेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप