नेसपा स्थापना दिवस : भैरहवामा दीप प्रज्वलन
बुटवल । नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसको अवसरमा रुपन्देहीको भैरहवामा दीप प्रज्वलन गरिएको छ । नेसपा जिल्ला समन्वय समितिले बुधवार साँझ भैरहवास्थित बुद्ध चोकमा दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलन पश्चात् आयोजित समारोहलाई सम्बोधन गर्दै नेसपा लुम्बिनी प्रदेश संयोजक कमल खनालले ९ वर्ष पहिले आफूहरूले नयाँ शक्ति पार्टी नेपालको नामबाट एउटा वैकल्पिक शक्ति स्थापना गरेको बताए । नेता खनालले नेपालमा अहिले पनि कांग्रेस, एमाले, माओवादी लगायतका परम्परागत शक्ति रहेको उल्लेख गरे ।

उनले मुलुकमा स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पङ्कज राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक संसद्, सदाचार, सुशासन, संविधान संशोधन, समावेशी लोकतन्त्र, समतामूलक समाजजस्ता एजेन्डा नेसपाले अघि सारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण