पुरनले उछिने गेललाई
बिहीबार, ३१ जेठ २०८१, ०९ : १६
काठमाडौँ । निकोलस पुरन वेस्ट इन्डिजका लागि टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले क्रिस गेलको रेकर्डलाई उछिनेका हुन् ।
बिहीबार न्युजिल्याण्डविरुद्धको खेलमा १७ रन बनाउँदै उनले सो रेकर्ड बनाएका हुन् । ९१ खेलमा पुरनले २५.५२ को औसतले १ हजार ९१४ रन बनाएका छन् । यसक्रममा उनले ११ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर ८२ रहेको छ ।
उता, क्रिस गेलले ७९ खेलमा १ हजार ८९९ रन बनाएका थिए । २७.९२ को औसतमा गेलले १४ अर्धशतक र २ शतक बनाएका थिए । उनको उच्च स्कोर ११७ रन रहेको छ ।
यस सूचीमा मार्लोन स्यामुल्स १ हजार ६११ रनसहित तेस्रो स्थानमा रहेका छन् भने १ हजार ५६९ रन बनाएका किरोन पोलार्ड चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण