बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनी र बागमती चेस च्याम्पियन

बिहीबार, ३१ जेठ २०८१, २० : ३७
बिहीबार, ३१ जेठ २०८१

कास्की । प्रथम यु–१५ विद्यालय खेलकुदअन्तर्गत बुद्धिचालको खुलातर्फ टिम इभेन्टको छात्रमा लुम्बिनी तथा छात्रामा बागमती पहिलो भएका छन् । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सत प्रतिशत जित सहित १४ अङ्क जोड्यो । बागमती ११ अङ्क सहित दोस्रो तथा सुदूरपश्चिम ९ अङ्क सहित तेस्रो भए । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग थिए ।

छात्रा तर्फ बागमतीले सत प्रतिशत जितसहित पहिलो स्थान हात पार्‍यो । बागमतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन सफल भएको थियो । यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सत प्रतिशत स्कोर गरेकी हुन् । लुम्बिनीले चौथो चरणमा बागमतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन ।

बागमतीको टोलीमा रियाको अलावा राष्ट्रिय च्याम्पियनसिपको अनुभव बटुली सकेकी श्रीसा दुवाल पनि समावेश थिइन् । अन्य खेलाडीमा एन्जल महर्जन र प्रकृति राई थिए । टोलीको प्रशिक्षण दुई पटकका राष्ट्रिय च्याम्पियन तथा फिडे ट्रेनर केशव श्रेष्ठले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप