लुम्बिनी र बागमती चेस च्याम्पियन
कास्की । प्रथम यु–१५ विद्यालय खेलकुदअन्तर्गत बुद्धिचालको खुलातर्फ टिम इभेन्टको छात्रमा लुम्बिनी तथा छात्रामा बागमती पहिलो भएका छन् । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सत प्रतिशत जित सहित १४ अङ्क जोड्यो । बागमती ११ अङ्क सहित दोस्रो तथा सुदूरपश्चिम ९ अङ्क सहित तेस्रो भए । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग थिए ।
छात्रा तर्फ बागमतीले सत प्रतिशत जितसहित पहिलो स्थान हात पार्यो । बागमतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन सफल भएको थियो । यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सत प्रतिशत स्कोर गरेकी हुन् । लुम्बिनीले चौथो चरणमा बागमतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन ।
बागमतीको टोलीमा रियाको अलावा राष्ट्रिय च्याम्पियनसिपको अनुभव बटुली सकेकी श्रीसा दुवाल पनि समावेश थिइन् । अन्य खेलाडीमा एन्जल महर्जन र प्रकृति राई थिए । टोलीको प्रशिक्षण दुई पटकका राष्ट्रिय च्याम्पियन तथा फिडे ट्रेनर केशव श्रेष्ठले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण